Skip This
थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ३ शुक्रबार १७:४४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १७:४४:oo

देशभर पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार हजार ९४५ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार ६२१ जनाले पिसिआर र तीन हजार ३२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १० हजार ९९० जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। यही अवधिमा ४८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७७ हजार ८४५ पुगेको छ। संक्रमणमुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या पाँच हजार २४ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ। होम आइसोलेशनमा चार हजार ८३४, संस्थागत आइसोलेसन १९०, आइसियूमा ४९ र भेन्टिलेटरमा छ संक्रमित रहेका छन्।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन्। शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, जुम्ला र मुग रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ४४३, ललितपुर ८०१ र भक्तपुरमा ८० सक्रिय सङक्रमित रहेका छन्। कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। रासस