मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १ बुधबार
  • Thursday, 19 December, 2024
गणेश लम्साल विराटनगर
२o७९ भदौ १ बुधबार o९:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली कम्पनी ग्रिन टायरका नयाँ उत्पादन बजारमा

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ भदौ १ बुधबार o९:o४:oo

मोरङको कटहरी गाउँपालिकामा रहेको ग्रिन टायर उद्योग प्रालिले नयाँ टायरहरू बजारमा ल्याएको छ । निजी लगानीबाट स्थापित नेपालकै पहिलो उद्योगका रूपमा ग्रिन टायरले दुई र तीनचक्के सवारीसाधनका लागि नयाँ गुणस्तरीय स्वदेशी टायर बजारमा ल्याएको हो । 

६ वर्षअघि स्थापित यस उद्योगले पहिले दुईचक्के सवारीसाधनका लागि मात्र टायर उत्पादन गर्दै आएको थियो । हाल ‘मेरो देश मेरो उत्पादन’ अभियानलाई सफल बनाउन उद्योगको स्तरोन्नतिसहित दुई र तीनचक्के सवारीसाधनका हेभी टायरहरू उत्पादन गरेर बजारमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक विक्रम सिँघानियाले बताए ।  

करिब ४० करोड लागतमा स्थापना भएको ग्रिन टायर प्रालिले वार्षिक तीन लाख टायर उत्पादन गर्न थालेको छ । जसले गर्दा विदेशबाट आयात हुने टायरका कारण हुने व्यापार घाटालाई कम गर्न सहयोग पु¥याएको छ । सञ्चालक सिँघानियाका अनुसार उद्योगले ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । 

ग्रिन टायर प्रालीले चाँडै शेर्पा ब्रान्डका एग्रिकल्चर टायरहरू पनि बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले भूमि र सारथि मोडलका ठूला र साना टायरहरू उत्पादन गर्नेछ । जुन 
ट्याक्टर र हातेट्याक्टरमा किफायती रूपले प्रयोग हुनेछन् ।