१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पार्टी एकता संयोजन समिति बनाउन माओवादी र एकीकृत समाजवादीको गृहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४८:oo

माओवादी र एकीकृत समाजवादीले निर्वाचनपछि पार्टी एकता गर्ने रणनीतिसहित पार्टी एकता संयोजन समिति बनाउने गृहकार्य थालेका छन् । समाजवादी पार्टी एकता संयोजन समिति बनाएर साझा घोषणापत्रमा निर्वाचन लड्ने माओवादी केन्द्र र एकीकृत समाजवादीको योजना छ । समानुपातिका मत सुरक्षित गर्न यी दुई दल साझा चिह्नमा निर्वाचन नलड्ने निर्णयमा पुगेका छन् । 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र माओवादीबीच साझा चुनाव चिह्नमा निर्वाचन लड्ने सहमतिले चुनावपछि वामपन्थी दलहरूबीच बृहत् एकतालाई बल पुग्ने नेताहरूको दाबी छ । प्रचण्ड, भट्टराई र गौतमबीचको सहमतिलाई एकताको प्रस्थानबिन्दुका रूपमा नेताहरूले औँल्याएका छन् ।

प्रचण्डले वामपन्थी दलहरूको बृहत् एकताका लागि पार्टी एकता संयोजन समिति बनाउने विषयमा एकीकृत समाजवादीसँग पनि छलफल भइरहेको बताए । मंगलबार नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. भट्टराई र महिन्द्र राय यादवसँग छलफलपछि प्रचण्डले चुनावपछि बृहत् वामपन्थी एकता गर्ने र पार्टीको नाम नेकपा समाजवादी हुन सक्ने बताए ।

‘हामी अरू पनि वामपन्थीसँग, जस्तो माधवजीहरूसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ । पार्टी एकतापछि पनि नाम नेपाल कम्युनिस्ट पार्टी नै रहन्छ,’ प्रचण्डले भने, ‘चुनावअगाडि केही नै हुँदैन । चुनावपछि नाममा चाहिँ नेकपा (समाजवादी) वा केही हुन सक्छ । निर्णय भई नसकेको हुनाले मैले अहिल्यै भन्न सक्दिनँ । नेकपामा हाम्रो सहमति भइसक्यो ।’

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एकता संयोजन समिति बनाउने सम्भावना प्रचुर रहेको बताए । ‘त्यो सम्भावना प्रचुर छ,’ खतिवडाले नयाँ पत्रिकासँग भने, ‘दुईपक्षीय र आन्तरिक रूपमा पनि त्यसबारे छलफल भइरहेको छ । तर, सहमतिमा पुगिसकिएको छैन ।’ नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बृहत् राजनीतिक ध्रुवीकरणको तयारी भइरहेको बताए । परिवर्तन गर्न एक्लाएक्लैभन्दा मिलेर जान आवश्यक भएको भट्टराईको भनाइ छ । 

ad
ad