१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Saturday, 05 July, 2025
नवदीप अजनवी नुवाकोट
२o७९ श्रावण ३१ मंगलबार १८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्चरेडाँडामा अश्रुग्यास र रबर गोलीको प्रयोग, फोहोर झार्न थालियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १८:४३:oo

नुवाकोटको बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले हवाई फायर, अश्रुग्यास र रबर गोलीसमेत प्रयोग गरेर आन्दोलनकारीलाई तितरवितर पारेपछि मंगलबार अपराह्नबाट फोहोर डम्पिङ साइटमा झार्न थालिएको हो। 

मंगलबार बिहानैदेखि स्थानीयले अवरोध गरेपछि दिउँसो २ सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो। प्रहरी बल बढाउँदा पनि स्थानीय पछि नहटेपछि ६ राउन्ड हवाईफायर, ७ राउन्ड अश्रुसेल र एक राउन्ड रबर गोली चलाउनुपरेको नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए। 

नुवाकोटतिरको भागमा शान्त रहे पनि धादिङतिरको भागको अवरोध कायम रहेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ। सुरक्षाकर्मीको उपस्थितिमा अहिले फोहोर बोकेर आएका गाडीहरूले धमाधम फोहोर खन्याइरहेको डम्पिङसाइटमा रहेका असई केदार भट्टले जानकारी दिए। उनका अनुसार एक सय ५० भन्दा बढी फोहोर बोकेका गाडी लाइनमा रहेका छन्। 

धादिङ धुनीबेँसी नगरपालिका १ का वडाध्यक्ष मानबहादुर तामाङले भने जनताको मागलाई बेवास्ता गर्दै बल प्रयोग गरिएको बताए। उनले रबरकाे गोली लागेर एकजना प्रदर्शनकारी घाइते भएकोसमेत दाबी गरे। तर, प्रहरीले भने घाइते भएको जानकारी नआएको बताएको छ।