१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख ३१ सोमबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरिया अस्पतालका फार्मेसी इन्चार्जमाथि दुर्व्यवहार, कारबाही नभए सेवा ठप्प पार्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:२९:oo

पर्साको पोखरीया अस्पतालमा चेकजाँच गराउन पुगेका सेवाग्राहीले अस्पतालका फार्मेसी इन्चार्जमाथि दुर्व्यवहार गरेका छन्। सोमबार बिहान साढे ५ बजे चेकजाँच गराउन अस्पताल पुगेका सेवाग्राहीले औषधिको विषयलाई लिएर फार्मेसी इन्चार्ज शिवेन्द्र चौधरीमाथि दुर्व्यवहार गरेका हुन्।

पोखरिया नगरपालिका सतबरियाका स्थानीय गठल साह र उनका छोरा दीपकले चौधरीलाई कुटपिट गर्दै दुर्व्यवहार गरेको अस्पतालका मेडिकल सुपरिडेन्ट डा. सञ्जय गुप्ताले बताए। ती सेवाग्राहीले इन्चार्ज चौधरीलाई दुर्व्यवहार गरेर इमर्जेन्सी कक्षको बेडसमेत तोडफोड गर्ने प्रयास गरेकाे फुटेज सिसिटिभी क्यामेरामा कैद भएको गुप्ताले जानकारी दिए।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब वरिष्ठ निरीक्षक गौरीशंकर साहका अनुसार अस्पतालका कर्मचारीलाई कुटपिट र दुर्व्यवहार गर्ने दुवैजनालाई कानुनी कारबाहीको मागसहित उजुरी परेको छ। उजुरीपछि दुवै बाबुछोराको खोजी भइरहेको उनले बताए।

कारबाही नभए सेवा ठप्प पार्ने चेतावनी
अस्पतालका कर्मचारीलाई दुर्व्यवहार गर्नेमाथि कारबाही नभए बुधबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने अस्पतालले चेतावनी दिएको छ। आफ्नो काम गरिरहेका अस्पतालका कर्मचारीलाई कुटपिट गर्नेहरूमाथि कारबाही नभए सेवा ठप्प पार्ने मेडिकल सुपरिटेन्डेन्ट गुप्ताले बताए।

अस्पतालमा शान्तिपूर्ण रूपमा आफ्नो काम गरिरहेका कर्मचारीलाई सेवाग्राहीले विभिन्न बहानामा दुर्व्यवहार गरेर मनोबल खसाउने गरेको भन्दै अस्पतालले कारबाहीको माग राखेको हो।

ad
ad