मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २५ बुधबार ०९:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीको शान्ति मिसनमा ९१ प्रतिशत महिला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २५ बुधबार ०९:२१:००

नेपाल प्रहरीको शान्ति मिसनमा महिलाको सहभागिता ९१ प्रतिशत पुगेको छ । हाल विभिन्न देशमा ४३ जना कार्यरत रहेकोमा ३९ जना महिला अधिकृत छन् । दक्षिण सुडानमा नेपाल प्रहरीबाट ३१ जना सहभागी रहेकोमा सबै महिला छन् । कंगोमा पनि ६ जना महिला खटिएका छन् । लिबियामा हालै एसपी गंगा पन्त खटिएकी छिन् । सुडान र दक्षिण सुडानको बीचमा पर्ने विवादास्पद भूमि आबेईमा एक महिला र एक पुरुष प्रहरी अधिकृत खटिएका छन् । 

शान्ति मिसनमा राष्ट्रसंघले महिला प्रहरीलाई प्राथमिकता दिन आग्रह गर्दै आएको छ । त्यहीअनुसार प्रहरीले पनि अवसर दिँदै आइएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । महिला अधिकृतले शान्ति मिसनमा अब्बल काम गर्दै आएको उनको भनाइ छ । विश्वभरिबाट प्रतिस्पर्धा हुने प्रोफेसनल तहको पदमा नेपालबाट हाल एक एसपी र एक डिएसपी कार्यरत छन् ।

एसपी अमरेन्द्र सिंह राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा तथा डिएसपी किरणजंग कुँवर सुडानमा कार्यरत छन् । नेपाल प्रहरीको सबै एफपियू मिसन बन्द भइसकेका छन् । हाल इन्डिभिजुअल पोलिस अफिसर (आइपिओ)का रूपमा नेपाल प्रहरीका अधिकारीहरू सुडान, दक्षिण सुडान, कंगो, लिबिया र साइप्रसलगायत देशमा खटिएका छन् ।

साइप्रस मिसनमा पहिलोपटक नेपाल प्रहरी 
युरोपियन देश साइप्रसमा पहिलोपटक नेपाल प्रहरीबाट राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिता भएको छ । प्रहरीका नायब उपरीक्षक ९डिएसपी० मोहनमणि अधिकारी साइप्रस मिसनमा जाने पहिलो प्रहरी अधिकृत हुन् । उनी मिसनमा प्लानिङ अफिसरका रूपमा कार्यरत छन् । नेपाली सेनाबाट भने यसअघि फोर्स कमान्डरकै रूपमा नेपालबाट खटिएका थिए । जर्नेल भिक्ट्री राणाले साइप्रसमा फोर्स कमान्डरका रूपमा काम गरेका थिए ।