मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
गणेश लम्साल विराटनगर
२o८२ भदौ २८ शनिबार o९:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

विराटनगरसहित मोरङमा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु  शनिबार हट्यो  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार o९:१४:oo

कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङमा लाग्दै आएको  निषेधाज्ञा र कर्फ्यु शनिबारदेखि हटेकाे छ। मोरङका सिडिओ इन्द्रदेव यादवका अनुसार अवस्था समान्य बन्दै  गएकाले शनिबार बिहानदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु अर्को सूचना नभएसम्मका लागि हटाइएको हो ।

सिडिओ यादवले भने, ‘अवस्था सामान्य बनेकोले हाललाई राती १० बजेसम्मका लागि लगाइँदै आएको  निषेधाज्ञा र कर्फ्यु हटाइएको हो।’ मोरङ प्रशासनले २४ भदौदेखि २८ भदौ बिहान ५ बजेसम्म दिउँसो निषेधाज्ञा र राती कर्फ्युको आदेशलाई निरन्तरता दिइरहेको थियो ।