मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Sunday, 19 January, 2025
२o७९ श्रावण २५ बुधबार o८:१८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एक वर्षमा सम्बन्धविच्छेदका १८४ मुद्दा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार o८:१८:oo

जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष ०७८/७९ मा सम्बन्धविच्छेदका १८४ मुद्दा दर्ता भएका छन् । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका १८४ मुद्दामध्ये १३८ मुद्दा फर्स्योट भएका छन् भने ४६ वटा मुद्दा आर्थिक वर्ष २०७९/८० का लागि जिम्मेवारी सरेको जनाइएको छ ।  

गत वर्षको तुलनामा यस वर्ष सम्बन्धविच्छेद गर्नेको संख्या दोब्बरले वृद्धि भएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामाकान्त यादवले जानकारी दिए । ‘आर्थिक वर्ष ०७६/७७ मा ७० वटा मुद्दा दर्ता भएका थिए,’ उनले भने, ‘जिल्लामा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ ।’  जिल्लाका अधिकांश महिला आफूले भनेअनुसार खान, लाउन नपाएको, श्रीमान् वैदेशिक रोजगारीमा गएको समयमा सासू–ससुराले हेरविचार नगरेको भन्दै सम्बन्धविच्छेद गर्न अदालत पुग्ने गरेको पाइएको छ । 

मादक पदार्थ सेवन तथा झैझगडाका कारण पनि सम्बन्धविच्छेद गर्नेको संख्या वृद्धि भएको पाइएको श्रेस्तेदार यादवले बताए । ‘कतिपय सम्बन्ध एक वर्ष पनि टिक्न नसकेको देखिएको छ,’ उनले भने, ‘आफूखुसी विवाह गरेका २० वर्ष उमेर समूहका तथा मागीविवाह गरेर ४५ वर्षसम्म श्रीमान्–श्रीमती मिलेर सँगै जीवन बिताएका जोडीहरूसमेत सम्बन्धविच्छेद गर्न अदालत आउने गरेका छन् ।’