मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अर्थ मन्त्रालयले तयार पारेको नयाँ तलबमान तत्काल लागू नहुने

सिंहदरबारभित्रै कर्मचारी आन्दालित भएपछि अर्थ मन्त्रालय पछि हट्यो, तत्काल कार्यान्वयन नगर्ने अर्थमन्त्रीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने प्रतिबद्धता जनाएका छन् ।

बजेट घोषणाविपरीत अर्थ मन्त्रालयले असमान ढंगले कर्मचारीहरूको तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेपछि आन्दोलित भएका कर्मचारी संगठनका प्रतिनिधिहरूसँग आज अर्थमन्त्रीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । 

अर्थमन्त्रीलाई भेट्न निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे पुगेका थिए । 

अर्थमन्त्रीसँगको भेटपछि पोखरेलले तत्कालका लागि बजेट भाषणअनुसार नै तलब वृद्धि हुने प्रतिबद्धता अर्थमन्त्रीले जनाएको बताए । चालू आर्थिक वर्षका लागि पारित भएको बजेटमा १५ प्रतिशत तलब वृद्धि गर्ने भनिएको छ । भेटमा अर्थमन्त्रीले ‘पे कमिसन’ गठन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

मर्यादाक्रम मिलाउने भन्दै अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलब भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव तयार गरेको छ । सो प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी भइरहेका वेला शाखा अधिकृतभन्दा तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।