१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार १५:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिंहदरबारभित्रै ‘पेनडाउन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार १५:१७:००

नासुदेखि तल्लो तहका कर्मचारीको तलब नबढेको भन्दै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै कर्मचारी आन्दोलित भएका छन् । सिंहदरबारका विभिन्न मन्त्रालयमा कार्यरत नायव सुब्बाहरूले आज बिहान पेनडाउन गरेका हुन् । 

प्रस्तावित संघीय निजामती ऐनमा आफूहरूको माग सम्बोधन नभएको उनीहरूको भनाइ छ । निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले माग पूरा नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए । नासुभन्दा माथिल्लो तहका कर्मचारीको तलब बढेको, तर त्यसभन्दा तल्लो तहका कर्मचारीको तलबमान कम भएकाले आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

संगठनले आज प्रेस विज्ञप्ति जारी गरी राष्ट्रसेवक कर्मचारीको आर्थिक वर्ष ०७९–०८० को बजेट वक्तव्यमा उल्लेख गरिएभन्दा नयाँ र फरक–फरक तलबमान प्रस्तुत सार्वजनिक गरिँदा आमराष्ट्रसेवक कर्मचारीमा अन्योल बढाएको जनाएको छ । 

संगठनले आर्थिक वर्षको बजेट वक्तव्यले समान प्रतिशतमा तलब वृद्धि गर्ने मान्यता स्वीकार गरिसकेको अवस्थामा अर्थ मन्त्रालयका राजस्वसचिवको दस्तखत रहेको तलबमानमा उल्लिखित राजपत्रांकित पदहरूमा गरिएको तलब वृद्धिको समान अनुपातमा (प्रतिशतमा) र आधारमा राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारीहरूको तलब वृद्धि गर्न अर्थ मन्त्रालयसँग संगठनले माग गरेको छ ।