मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २३ सोमबार १४:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रकले चार सवारीसाधनलाई ठक्कर दियाे, २५ स्कुले विद्यार्थीसहित ३३ घाइते

Read Time : < 1 मिनेट
२०७९ श्रावण २३ सोमबार १४:२६:००

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातोमाटे खण्डमा ट्रकले चारवटा सवारीसाधनलाई ठक्कर दिएको छ । दुर्घटनामा विद्यार्थीसहित ३३ भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २५ विद्यार्थी छन् ।

हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेमा ट्रकले बस, ट्यांकर, कार र लरीलाई ठक्कर दिँदा  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । 

प्रहरीका अनुसार ना.५ख ६२५४ नम्बरको ट्रकले सुरुमा रिलायन्स बोर्डिङ स्कुलको विद्यार्थी बोकेको ना.१क ५१२३ नम्बरको बसलाई ठक्कर दिएको थियो । त्यसपछि ट्रकले हेटौँडाबाट पथलैया जाँदै गरेको लु.१ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएर बा.७च ९६०४ नम्बरको कारलाई थिचेको थियो । पुनः सोही ट्रकले रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको लरीलाई पनि ठक्कर दिएको डिएसपी कार्कीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।