१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २३ सोमबार
  • Sunday, 11 May, 2025
फाइल फाेटाे
मुख्य समाचार डिजिटल संस्करण

उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ : रामकुमारी झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २३ सोमबार १२:५८:oo

एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले उपभोक्ता समितिको गुणस्तरहीन कामका कारण साना आयोजना समयमा सम्पन्न हुन नसकेको बताएकी छिन्। उनले उपभोक्ता समितिले असार मसान्तमा आएर काम गर्ने र त्यो पनि गुणस्तरहीन हुने हुँदा साना आयोजनामा ढिलाइ हुने गरेको बताइन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले उपभोक्ता समितिको काममा अख्तियारले समेत प्रश्न उठाएको औँल्याइन्। ‘साना आयोजना समयमा नै नसकिनुको कारण उपभोक्ता समितिबाट गरिने काम गुणस्तरहीन र असारको मसान्तमा आएर काम सक्नु हो । मैले पटक–पटक भनेकी छु । उपभोक्ता समितिको काम गुणस्तरहीन भएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट काम नगरौँ भनेर त्यो काम रोक्यौँ । त्यसपछि सार्वजनिक खरिद प्रक्रियामा जानुपर्‍याे,’ उनले भनिन्।

आफू सहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको उनको दाबी छ। आफू मन्त्री रहँदा योजनाबद्ध रूपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको उनले बताइन्।