मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २२ आइतबार २२:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

थामी सांस्कृतिक साँझ हुँदै

३५ भन्दा धेरै कलाकारको प्रस्तुति रहने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २२ आइतबार २२:२२:००

सीमान्तकृत थामी समुदायको लोकसंस्कृति उजागर गर्न काठमाडौंको दरबारमार्गमा ‘यापति सोनारी सांगीतिक साँझ’ हुने भएको छ । २४ साउनमा हुने कार्यक्रमा दरबार मार्गस्थित ‘क्विन स्पाइस लाउन्ज’मा हुनेछ । 
सांस्कृतिक साँझमा मुलुकका विभिन्न ठाउँमा बसोबास गर्ने थामी कलाकारले गीत, नृत्य, नाटक, क्यारिकेचरलगायत सांस्कृतिक झाँकी प्रस्तुत गर्ने संयोजक शिखर थामीले जानकारी दिए । 
कार्यक्रममा शेरा थामी, शिखर थामी, रमण थामीलगायत ३५ भन्दा धेरै कलाकारको प्रस्तुति हुनेछ ।  ‘थामी समुदाय कला र संस्कृतिको खानी हो । तर, मूलधारमा नआउँदा यी कला संस्कृति लोप हुने अवस्था पुगेका छन्,’ शेराले नयाँ पत्रिकासँग भने, ‘यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी छ । यही उद्देश्यले हामीले साँझ आयोजना गर्न लागेको हौँ ।’
संयोजक शिखर थामीका अनुसार प्रस्तुति थामी र नेपाली दुवै भाषामा हुनेछ । मारुनी, ख्याली, सैहोले वोन्वोलगायतका मौलिक प्रस्तुति कार्यक्रममा देखाइनेछ । पहिलोपटक आयोजना गर्न लागिएको कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको पनि उनले बताए ।