मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
२o८२ असोज ३ शुक्रबार १२:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिजो साँझदेखि दाउन्नेको सडक अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार १२:१३:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा विगत तीन दिनदेखि यातायात सञ्चालन अनियमित भएको छ । बुधबारदेखि दाउन्ने सडक खण्डमा यातायात सञ्चालन अनियमित भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार लगातारको बर्खाका कारण दाउन्नेको खुर्सानी खोलामा हिजो साँझदेखि सडक अवरुद्ध भएको छ । पूर्वबाट पश्चिम जाने सवारीसाधनहरू केही सञ्चालनमा आए पनि अहिले पश्चिमबाट पूर्व आउने सवारीसाधनहरू सञ्चालनमा आउन सकेका छैनन् । हिलो र चिप्लोका कारण यातायात सञ्चालनमा कठिनाइ भएको छ । बुधबार पनि दाउन्नेको विश्वकर्मा बाबा मन्दिरनजिकै सडक अवरुद्ध भएको थियो। 

बिहीबार साँझदेखि अवरुद्ध सडक खुलाउने प्रयास जारी रहे पनि लगातार पानी परेको कारण सम्भव नभएको प्रहरीले जनाएको छ । अहिले दाउन्नेको पूर्व–पश्चिम दुवैतर्फ सात किलोमिटरभन्दा बढी सवारीसाधनको लामो लाइन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय  नवलपुरका कार्यालय प्रमुख जनकराज बन्जाराले जनाकारी दिए  । 
सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीको सडक निर्माणमा ढिलासुस्ती र लापरबाहीका कारण यसपटकको दसैँमा दाउन्नेमा यात्रुहरूलाई सास्ती हुने भएको छ । अहिले पनि चाडपर्व मान्न घर फर्केका यात्रुहरूले  दाउन्नेमा दुःख पाएको गुनासो गरेका छन् ।