मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २१ शनिबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका नयाँ दिल्ली
२o७९ श्रावण २१ शनिबार १२:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o७९ श्रावण २१ शनिबार १२:३७:oo

भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ। सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन् । उपराष्ट्रपतिको चयन संसद्बाट हुने भएकाले संघीय संसद्‌मा मतदान भएको हो ।

उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोकसभा र राज्यसभाका सबै सांसद तथा मनोनीत सदस्यहरू योग्य मानिन्छन्। स्थानीय समयअनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन् । मतगणना शनिबार नै गरेर नतिजा पनि सार्वजनिक हुने बताइएको छ।

नवनिर्वाचित उपराष्ट्रपतिलाई शपथ खुवाउने कार्यक्रम भने आगामी अगस्ट ११ मा मात्रै गराइने तालिका रहेको छ। सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिने भएकाले नवनिर्वाचित उपराष्ट्रपतिलाई अगस्ट ११ मा शपथ खुवाइने भएको हो।

नयाँ उपराष्ट्रपतिका लागि विपक्षी दलहरूको तर्फबाट मार्गरेट अल्भालाई उम्मेदवार बनाइएको छ भने सत्तारुढ दलहरूको तर्फबाट भारतीय जनता पार्टीका शीर्ष नेता जगदीप धनकरलाई उठाइएको छ। उनी व्यावसायिक हिसाबले वकिल हुन् भने यसअघि पश्चिम बंगालको गभर्नर भएका थिए । सन् २०१९ मा गभर्नरमा नियुक्त भएका धनकरले मुख्यमन्त्री ममता बेनर्जीसँगको चिसो सम्बन्धका कारण राजीनामा दिएका थिए । भारतको संविधानअनुसार उपराष्ट्रपति देशको दोस्रो ठूलो पद हो । रासस/एएनआई