मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २० शुक्रबार १७:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा सशस्त्र द्वन्द्वमा विस्थापित भएका पाँच शिक्षकको पुनर्बहाली 

Read Time : < 1 मिनेट
२०७९ श्रावण २० शुक्रबार १७:५३:००

ताप्लेजुङमा १० वर्षे सशस्त्र द्वन्द्वमा विस्तापित भएका पाँचजना शिक्षक पुनर्बहाली भएका छन् । सरकारले २०७८ साल फागुन १६ गते सशस्त्र द्वन्द्वका समयमा पेसाबाट विस्थापन भएका स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको थियो । 

द्वन्द्वकै कारण सेवाविहीन बनेका शिक्षकहरूलाई शिक्षा विकास तथाा समन्वय इकाइ ताप्लेजुङले पहिलेकै ठाउँमा पुनर्बहालीको पत्र दिएको हो । तत्कालीन गाउँविकास समितिका विद्यालयबाट विस्थापित भएका शिक्षकलाई सोहीअन्तर्गत अहिलेका गाउँपालिकाका विद्यालयमा स्थापित हुनको लागि पत्र दिएको इकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए । 
माध्यमिक तहका नन्दकुमार भण्डारीलाई मिक्वाखोला गाउँपालिकाअन्तर्गत पदस्थापनका लाागि सिफारिस गरिएको छ । प्रावि तहका पदमबहादुर ऐङदेनलाई पनि मिक्वाखोला गाउँपालिकाअन्तर्गत पदस्थापनका लाागि सिफारिस गरिएको छ । 

प्रावि तहकै कमलप्रसाद मैनालीलाई आठराई त्रिवेणी गाउँपालिका र दीपक भण्डारी र जगतबहादुर दाहाललाई सिरिजंगा गाउँपालिकामा पदस्थापनका लागि सम्बन्धित पालिकालाई अनुरोधपत्र पठाइएको इकाइ प्रमुख भट्टराईले बताए ।