१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २० शुक्रबार १६:३५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

योगेन्द्र उपाध्यायका तीन गीति एल्बम विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार १६:३५:oo

संगीतकार योगेन्द्र उपाध्यायका तीनवटा गीति एल्बम एकसाथ विमोचन गरिएको छ। राजधानीको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमबीच योगेन्द्रका तीन एल्बम ‘सँगै हिडौँ न’, ‘काटीमा कुटी’ र ‘क्लियरकट’ एकसाथ विमोचन गरिएको हो।

सार्वजनिक तीनवटै एल्बमलाई डस म्युजिकले उत्पादन तथा वितरण गरेको छ। विमोचन कार्यक्रममा एल्बमको समीक्षा गर्दै वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले योगेन्द्रको प्रशंसा गरेका छन्। उनले एउटै संगीतकारले भर्सटायल रूपमा आफूलाई प्रस्तुत गर्न सक्नु र त्यसमा उत्कृष्टता प्रदान गर्नु योगेन्द्रको अब्बल पक्ष रहेको बताए।

संगीतकार योगेन्द्र उपाध्यायले आफूले ०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोरोनाका कारण रोकिएको बताए। उनले आफूले सिकेको संगीतका विभिन्न सुरहरूलाई एल्बममार्फत प्रस्तुत गरेको बताए। योगेन्द्रका तीनै एल्बम फरक–फरक जनरामा छन्। ६ वटा गीत समावेश भएको ‘सँगै हिँडौँ न’ आधुनिक तथा गजल गीतहरूको संग्रह हो भने सातवटा गीत समावेश भएको ‘काटीमा कुटी’ लोक फ्लेवरका गीतहरू समावेश भएको एल्बम हो। यस्तै, सातवटा गीत समावेश भएको ‘क्लियरकट’ वेस्टर्न फ्लेवरका गीतहरूको संग्रह हो।