१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Monday, 30 June, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २० शुक्रबार १४:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनका दलहरूबीचको चुनावी तालमेल संविधानविपरीत : नेता रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार १४:२o:oo

एमालेका नेता भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले चुनावी तालमेल गर्नु संविधानविपरीत भएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक अन्तर्क्रियामा नेता रावलले यस्तो धारणा राखेका हुन्।

जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकाले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको उनको भनाइ छ। ‘पाँचदलीय गठबन्धनका बैठकहरू हेर्दा ती राजनीतिक दलहरूले विपरीत सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडि सारेको हामीले पाएका छौँ। यसरी आमनिर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ,’ रावलले भने।

आगामी निर्वाचनमा सबै राजनीतिक दलहरूले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडि बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्नेमा समेत उनको जोड छ। नेता रावलले भने, ‘जनताले जसलाई बहुमत दिन्छ त्यसले सरकार चलाउने हो । यदि कसैले बहुमत ल्याएन भने समान राजनीतिक दृष्टिकोण, विचार, कार्यक्रम या कतिपय विषयहरूमा समान धारणा भएका राजनीतिक दलहरूले मिलेर संयुक्त सरकार गठन गर्ने हो।’