मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १९ बिहीबार
  • Saturday, 12 July, 2025
२o७९ श्रावण १९ बिहीबार २o:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारीसाधनको नम्बरप्लेटमा देवनागरी लिपि लेख्‍न बारको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण १९ बिहीबार २o:१२:oo

नेपाल बार एसाेसिएसनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारीसाधनको नम्बरप्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ। बारका महासचिव अधिवक्ता अञ्जिता खनालले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्बर्द्धन गर्ने गराउने कार्यमा लाग्नका लागि उक्त व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको हो।

'यातायात व्यवस्था विभागबाट सवारीसाधनको नम्बरप्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्मप्रतिकूल छ,' विज्ञप्तिमा भनिएको छ,' जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसात गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्ष रूपमा कुनै पनि कार्य गर्न मिल्दैन।'

नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्’ भनिएको छ। संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनिएको छ। त्यस्तै, नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख छ।