१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

व्यावसायिक बाख्रापालनबाट लाखौँ आम्दानी गर्दै डोल्पाली युवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४३:oo

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका युवाहरूले जिल्लामै व्यावसायिक बाख्रापालनबाट लाखौँ आम्दानी गर्न थालेका छन्। अहिले बाख्रा बेचेरै वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी गर्न थालेका हुन्। चार वर्षअघि नगरपालिकाको–५ खदाङमा दुईजना युवा मिलेर पच्चीसवटा बाख्राबाट सुरु गरिएको व्यवसाय फस्टाएर दुई सय बाख्रा पुगेका छन्। डोल्पालाई मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रापालन व्यवसाय सुरु गरिएको हरियापानी बाख्रापालन कृषक समूहका सचिव राजेन्द्रप्रसाद उपाध्यायले बताए।

अहिले मासुकै लागि वार्षिक करोडौँ रुपैयाँ जिल्लाबाहिर गइरहेकाले त्यो रोक्न केही वर्षभित्रै जिल्लाभरिको मासुको मागलाई परिपूर्ति गर्ने उनले बताए। अहिले व्यवसायको चल- अचल सम्पत्ति जोड्दा करिब चालिस लाख पुग्नुका साथै दुईजना युवाले रोजगारीसमेत पाएको उनले बताए।

‘अहिले बाख्रा फर्ममा लोकल खरी जात र जमुनापारी गरेर दुई जातका बाख्राहरू रहेका छन्, हाम्रो मुख्य उद्देश्य निकट भविष्यमै हजार बाख्रा पुर्याउने र करिब दशजना स्थानीय युवालाई रोजगारी दिने रहेको छ,’ उनले भने।

त्यति मात्र नभई फर्मको वरिपरि भएका नांगा डाँडापाखामा वृक्षारोपण गरेर हराभरा गराउने रहेको उनले बताए। स्थानीय युवाहरूको व्यवसायलाई प्रोत्साहन गर्न आधुनिक खोर निर्माणका लागि पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट गत आर्थिक वर्षमा बाह्र लाख अनुदान सहयोग प्राप्त भएको थियो।

ad
ad