मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १९ बिहीबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण १९ बिहीबार १५:५१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण १९ बिहीबार १५:५१:oo

पछिल्लो २४ घन्टामा सात सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पाँच हजार नाै सय २६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

आरटी पिसिआर विधिबाट दुई हजार पाँच सय ८९ नमुना परीक्षण गर्दा चार सय ९४ जनामा तथा एन्टिजेन विधिबाट तीन हजार तीन सय ३७ नमुना परीक्षण गर्दा दुई सय ६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, सो समयमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय दुई रहेको छ ।