१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १८ बुधबार
  • Monday, 01 July, 2024
२o७९ श्रावण १८ बुधबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

३४ वर्षपछि पुरानै धारमा फर्कियो सप्तकोसी

पूर्वतिर सुनसरीबाट बगेको सप्तकोसी पश्चिममा पर्ने उदयपुरतर्फ मोडिएको छ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १८ बुधबार ११:३५:oo

सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किएको छ । लगातार दुई दिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आउँदा तटबन्ध भत्काएर सप्तकोसी नदी पुरानै धारमा फर्किएको हो । 

उदयपुरको बेलका नगरपालिका– ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले ०४५ सालमा कोसी जहाँ बग्थ्यो, गएरातिबाट त्यही धारमा फर्किएको बताए । ‘जहाँबाट अहिले सप्तकोसी मानवबस्तीमा पसेको छ, त्यहाँ ०४५ सालमा कोसी बगेको थियो । पछि मानिसहरूले त्यहाँ घर बनाए ।  ३४ वर्षपछि नदी फेरि त्यही ठाउँबाट बग्न सुरु भएको छ,’ आचार्यले नयाँ पत्रिकासँग भने । 

अहिले पूर्वतिर सुनसरीबाट बगेको सप्तकोसी पश्चिममा पर्ने उदयपुरतर्फ मोडिएको छ । उदयपुरतर्फ कोसीले धार परिवर्तन गर्दा बेलका नगरपालिका– ८ को सिसौली बस्ती, वडा नम्बर ९ को रंशशाला क्षेत्र, वडा नम्बर ३ को जगनाथ, जुलेसी, एबिसी, सिर्जना, एकता, दुर्गा मन्दिर, जाल्पादेवीलगायतका गाउँमा सप्तकोसी बगेको छ । 

कोसीले धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरूप नगरपालिकासँगै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ७ पनि प्रभावित भएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए ।
 

ad
ad
ad
ad