१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

७ बोरा अवैध कपडा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:३७:oo

हेटौँडामा अवैध सात बोरा कपडा बरामद गरिएको छ। मकवानपुर प्रहरीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस हेटौँडा–१५ रातोमाटेमा जाँच गर्दा विभिन्न प्रकारको सात बोरा कपडा बरामद गरेको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भन्सार छलेर ल्याएको सात बोरा बेवारिसे कपडा विशेष सूचनाको आधारमा बरामद गरिएको थियो। प्रहरीका अनुसार कुर्ता सुरुवाल ५८ पिस, साडी २ सय ९३ पिस र सेन्डो गन्जी ३ सयवटा फेला परेको हो।

प्रहरी प्रमुख उपरीक्षक वामदेव गौतमले कपडाको विषयमा बसको चालकसँग र बसमा सवार यात्रुहरूलाई सोधपुछ गर्दा कोही कसैले हकदाबी नगरेकोले कपडाहरू बेबारिसे भएको र भन्सार छलेर ल्याएको हुँदा उक्त कपडाहरू नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए। 
 

ad
ad