मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १५ आइतबार २१:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्रीय कारागारका ४८ प्रतिशत कैदीबन्दी विद्यार्थीले एसइई परीक्षामा ‘बी प्लस’ ल्याए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १५ आइतबार २१:३४:००

देशकै ठूलो सुन्धाराको जगन्नाथ देवलस्थित केन्द्रीय कारागारभित्र अध्ययन गर्ने शतप्रतिशत विद्यार्थीले राम्रो जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण गरेका छन् । कारागारभित्र कैदी जीवन बिताइरहेकाहरूका लागि सरकारले छुट्टै विद्यालयको प्रबन्ध गरेको छ । विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।

विद्यालयमा अध्ययनरत २३ मध्ये २१ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । सहभागीमध्ये दश विद्यार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण गर्ने विद्यार्थीको संख्या नौ छ । त्यस्तै, विद्यालयमा अध्ययनरत एकजना विद्यार्थी ‘ए’ ग्रेडमा उत्तीर्ण भएका छन् भने अर्का एकले ‘सी प्लस’ ल्याएका छन् । 

कारागार कार्यालय, जगन्नाथ देवलका प्रमुख डोरेन्द्र निरौलाले एसइईमा सहभागी कारागारभित्रका कैदीबन्दी विद्यार्थी अब्बल नम्बरका साथ उत्तीर्ण भएको बताए ।  उनले भने, ‘कारागारभित्र कक्षा १२ सम्मको पढाइ हुन्छ । यसपटक एसइई परीक्षामा २१ विद्यार्थी सहभागी थिए । जसमध्ये १० जनाले ‘बी प्लस’, ९ जनाले ‘बी’, एकजनाले ‘ए’ र अर्का एकले ‘सी’ ग्रेड ल्याएका छन् । सरसर्ती हेर्दा सबैले राम्रो नम्बर ल्याएर पास भएको देखिन्छ ।’

No description available.

कारागारभित्र हाल तीन सय ४९ विद्यार्थी अध्ययनरत छन् । यो संख्या ०७८ मा तीन सय ७९ थियो । विद्यालयमा ०७२ देखि कक्षा ११ र १२ को अध्यापन हुँदै आएको छ । अध्यापनका लागि सरकारले नौवटा दरबन्दी स्वीकृत गरेको छ । विद्यालयमा कारागारभित्रकै कैदीबन्दीमध्येबाट अध्यापन हुँदै आएको छ । ०१९ देखि अनौपचारिक शिक्षा पढाइ हुँदै आएको कारागारभित्र एसएलसीसम्मको अध्ययन भने ०५० देखि सुरु भएको थियो । कारागारभित्रका कैदीबन्दी विद्यार्थी स्नातक र स्नातकोत्तर तहको परीक्षामा पनि सहभागी हुन सक्छन् । तर, अध्यापनको व्यवस्था भने गरिएको छैन ।