१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण ११ बुधबार १६:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेस भएको एक महिनापछि पास भयो दमकको बजेट

Read Time : < 1 मिनेट
२०७९ श्रावण ११ बुधबार १६:२५:००

दमक नगरपालिकाले नगर सभामा बजेट पेस गरेको एक महिनापछि बजेट पास गरेको छ । बुधबार बसेको नगर सभा बैठकले आर्थिक वर्ष ०७९/८० को बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । यसअघि एमालेबाट निर्वाचित जनप्रतिनिधिले बारम्बार अवरोध गरेपछि बजेट पारित हुन सकेको थिएन ।

यसअघि बसेको कार्यापालिका बैठकमा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले बजेट पास गर्ने मौखिक सहमति जनाएका थिए । १० असारमा आर्थिक वर्ष ०७९/८० का लागि बजेट पेस भएको थियो । बजेट पास गर्न २७, २९ असार र ३ साउनमा बैठक बसेको थियो । तर, बजेट भने पास हुन सकेको थिएन ।

स्थानीय सरकार सञ्चालन ऐनमा असारभित्र बजेट पारित गर्नुपर्ने उल्लेख छ । तर, एमालेको विरोधका कारण बजेट पारित हुन सकेन । यसअघि नगर सभा सदस्यले बोल्न नपाएको भन्दै नगर सभा एमालेले अवरोध गरेको थियो । तर, बुधबार उसले अवरोध हटाएपछि बजेट पारित भएको हो ।

एमालेका विरोधका कारण समयमा बजेट पारित हुन सकेन । यद्यपि, एमालेले यसअघिका नगर सभा बैठक अवरोध गर्नुको औचित्य भने पुष्टि गर्न सकेन । यसअघि एमालेले संसदीय दल बनाएर नगर सभामा विरोध गरिरहेको थियो । नयाँ पत्रिका दैनिकले एमालेले स्थानीय तहमा बनाएको संसदीय दल गैरकानुनी भएको समाचार प्रकाशन गरेको थियो ।