१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चेरी गाडीले ल्यायो एक्सचेन्ज विक अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:३२:oo

नेपालका लागि चेरी गाडीको आधिकारिक विक्रेता एसपिजी अटोमोबाइल्सले एक्सचेन्ज विक आयोजना गरेको छ । थापाथलीमा रहेको चेरीको फ्ल्यागसिस सोरुममा सुरु भएको एक्सचेन्ज विक आउँदो आइतबारसम्म चल्ने भएको छ । 

एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिने कम्पनीले जनाएको छ । एक्सचेन्जमा चार लाख रुपैयाँसम्म छुट उपलब्ध हुने जनाइएको छ । त्यस्तै, पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस एक लाख रुपैयाँसम्म उपलब्ध हुने तथा एक लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

यसका साथै ग्राहकलाई एक वर्षको इन्स्योरेन्स र एक वर्षको सडक कर कम्पनीले नै तिरिदिने हुनाले समग्रमा चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । 
 

ad
ad