सूचना लुकाउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई जरिवाना

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

राष्ट्रिय सूचना आयोगले सूचना लुकाउने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रमुखलाई जरिवाना गरेको छ। आयोगले कार्यालयका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐनअनुसार २० हजार रुपैयाँ जरिवाना गराएको हो। 

रौतहट मलोहिया–५ निवासी राजीव दासले माग गरेको सूचना उपलब्ध नगराएबापत आयोगले जोशीलाई कारबाही गरेको हो। पटक-पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश दिँदा पनि सूचना उपलब्ध नगराएपछि कारबाही गरिएको सूचना आयुक्त कमला ओली थापाले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन्।

सुझावित समाचार