१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १० मंगलबार
  • Monday, 01 July, 2024
२o७९ श्रावण १० मंगलबार १६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

काभ्रेको भुम्लुमा पहिरोले दुई दर्जन परिवार विस्थापित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १० मंगलबार १६:१४:oo

काभ्रेको भुम्लु गाउँपालिकामा पहिरोका कारण दुई दर्जन बढी घरपरिवार विस्थापित भएका छन्। गाउँपालिकाको वडा नबर १ रिठ्ठेमा मात्र २४ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष प्रेम भुजेलले जानकारी दिए।

लगातारको वर्षपछिको पहिरोमा परी सोही वडाको महत गाउँको सबै घर जोखिममा परेका छन्। पहिरोले धान खेत र मकैबारीमासमेत क्षति गरेको छ भने एउटा गाई मरेको छ।

यसैगरी, सोही गाउँपालिकाको चौबासमा चार र फँलाटेमा एक परिवार विस्थापित भएको छ। फँलाटेका थप आधी दर्जन घरमा क्षति पुगेको छ। घर जोखिमपूर्ण अवस्थामा पुगेकाले ढुक्क भएर बस्ने स्थिति नभएको स्थानीयले गुनासो गरेका छन्।

यता, सापिङको कालिदेवी प्राविमा पूर्ण रूपमा क्षति पुगेको छ। कोलातीस्थित जनता माविको कम्पाउन्डको वाल पनि भासिएको अध्यक्ष भुजेलले जानकारी दिए। पहिरोले यातायातसमेत अवरुद्ध भएको छ। सापिङ–रिठ्ठे–सिमथली तथा चेरे–रिठ्ठे–सिमथली जोड्ने बाटोमा सवारी आवागमन राेकिएकाे छ।

भुजेलका अनुसार तत्काल पहिरो पन्छाउन सक्ने अवस्था नरहे पनि नेपाली सेनाको सहयोगमा पानी तर्काउने काम जारी रहकेको छ। विस्थापित परिवारको व्यवस्थापनका लागि सेनाको सहयोगमा उपयुक्त स्थान पहिचान गरी टहरा बनाउने तयारी भइरहेको उनले बताए।

ad
ad
ad
ad