मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका सिङ्गापुर
२o७९ श्रावण ९ सोमबार २१:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकाका पूर्वराष्ट्रपतिलाई युद्ध अपराध लगाउन सिंगापुरसँग आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिङ्गापुर
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार २१:oo:oo

श्रीलंकाको दशकौँ लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षविरूद्ध अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग औपचारिक रूपमा आग्रह गरेको बताइको छ। द्वीप राष्ट्रको पीडादायी आर्थिक संकटबाट क्रोधित हजारौँ प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजापाक्ष यसै महिनाको सुरुमा माल्दिभ्स हुँदै सिंगापुर पुगी निर्वासित जीवन बिताइरहेका छन्।

प्रदर्शनकारीले राष्ट्रपतिको निवासमा प्रवेश गरेपछि सेनाको सहयोगमा सैनिक विमानमा माल्दिभ्स हुँदै सिंगापुर पुगी राजीनामा दिएका थिए। सन् २००९ मा देशको तमिल पृथकतावादी समूहसँगको द्वन्द्व रक्तपातपूर्ण रूपमा अन्त्य हुँदा उनका भाइ महिन्दा राजापाक्ष राष्ट्रपति थिए भने गोटबायले श्रीलंकाको रक्षा मन्त्रालय सम्हालेका थिए। तत्कालीन प्रशासनले युद्धको अन्तिम समयमा करिब ४० हजार तमिल नागरिकको हत्या गरेको आरोप अधिकार समूहहरूले लगाउँदै आएका छन् ।

दक्षिण अफ्रिकामा अवस्थित इन्टरनेसनल ‘ट्रुथ एन्ड जस्टिस प्रोजेक्ट’ले अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन गरेको आरोपमा भूतपूर्व राष्ट्रपतिलाई गिरफ्तार गर्न र आफ्नो विश्वव्यापी अधिकार प्रयोग गर्न सिंगापुरलाई आग्रह गरेको हो। उक्त संस्थाको ६३ पृष्ठको गुनासोमा हत्या, मृत्युदण्ड, यातना र अमानवीय व्यवहार, बलात्कार र अन्य प्रकारका यौन हिंसा, स्वतन्त्रताबाट वञ्चित हुनु, गम्भीर शारीरिक तथा मानसिक हानि र भोकमरीजस्ता घटना घटाएकोमा पूर्वराष्ट्रपति दोषी रहेको जिकिर गरिएको छ।

सिंगापुरका महान्यायाधिवक्ताको कार्यालयले सोमबार थप विवरण नदिई सप्ताहन्तमा उक्त समूहबाट गुनासो प्राप्त भएको पुष्टि गरे।