१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

छक्कापञ्जा ४ को छायांकन सुरु, दीपकले भने- 'जितुसँग कुनै दुस्मनी छैन'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १८:४५:oo

नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन सुरु भएको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो। 

दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन्। आगामी कात्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ।सञ्चारकर्मीहरूसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुस्मनी नरहेको बताए। उनले एकअर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताए। 

त्यस्तै, कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु लेख्न धेरै गाह्रो भएको बताए। उनले आजभन्दा दुई महिनाअघि नै सुरु गर्नुपर्ने भए पनि कथावस्तु सक्न गाह्रो भएको बताए। त्यस्तै, कलाकार जितु नेपालले दीपकराज गिरीसँग कुनै झगडा नभई समय-समयमा आफ्नो स्वभाव र कार्य व्यवस्तताका कारण काम गर्न नपाएको बताए। फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौलालगायतको अभिनय रहनेछ।

ad
ad