मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण ८ आइतबार १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सदनमा भीम रावलको प्रश्न : सरकारले कहिलेदेखि श्रवणशक्ति गुमायो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार १८:२३:oo

नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले एसपिपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसद्लाई जानकारी दिन सरकारले आनाकानी गरेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले एसपिपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताए।

पत्र पठाए-नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेकोसमेत उनले बताए। सभामुख र संसदीय समितिको निर्देशन सरकारले नसुनेको भन्दै उनले सरकारले श्रवणशक्ति गुमाएको टिप्पणी गरे। सरकारको श्रवणशक्ति गुमेकाले कानको उपचार आवश्यक भएको र जनताले चुनावमा कानको उपचार गर्ने विश्वास व्यक्त गरे। 

‘एसपिपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनको लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो,’ नेता रावलले भने, ‘सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ? अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने । सभामुखले दिएको निर्देशन पनि नसुन्ने होइन सरकारले कहिलेदेखि कान सुन्नलाई श्रवणशक्ति गुमायो ? भन्ने प्रश्न उठ्छ कि उठ्दैन ? म त्यो रोस्टममा उभिनुको तात्पर्य त अहिले खुल्यो होला नि ।’