१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ८ आइतबार १७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सरकार सत्ता टिकाउनमा मात्र केन्द्रित : अध्यक्ष लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार १७:१९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन्। आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्यसमितिले आयोजना गरेको नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको आवश्यकता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै उनले देश पूर्ण रूपले अभिभावकविहीन भएको बताए। अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने जस्ता काम सामान्य विषय बनेको उनले बताए।

‘आज देशको परिस्थिति हाम्रो सामान्य आँखाले देखेजस्तो सामान्य छैन । देश एक प्रकारले पूर्ण रूपले अभिभावकविहीन बनेको छ। अहिलेका राजनीति दल जनताको जिउधनको रक्षा लिएको सरकार सत्तामा टिक्नको लागि जे पनि गरिरहेको छ । भ्रष्टाचार त समान्य विषय भएको छ,’ उनले भने।

अध्यक्ष लिङ्देनले अहिले सत्तामा रहेका दल र नेतृत्वहरूबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको बताए। देशमा विद्यमान रहेका समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रूपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको उनको धारणा छ।

ad
ad
ad
ad