१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २१ शुक्रबार १९:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

तालिबानको क्रुरता : गोली हानेर युवकको हत्या गरियो, शव प्रदर्शन गरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:४१:oo

तालिबानले अफगानिस्तानस्थित बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिक रूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन्। तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन बाध्य पारेको र त्यसपछि उनको हत्या गरेर शव सार्वजनिक प्रदर्शनमा राखेको स्थानीय सञ्चारमाध्यमले जनाएका हुन्।

तालिबानको स्वेच्छाचारी हत्या बढिरहेको तथा बितेका दश महिनामा कैयौँ पूर्वसुरक्षा बल र कर्मचारीलाई मारिएका छन्। अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको दश महिनामा मानवअधिकारको अवस्थामा सुधार हुन सकेको छैन। डर, दण्डहीनता, शक्तिको स्वेच्छाचारी बल प्रयोगको वातावरणको अन्त्य, उजुरी दर्ता गर्न र शक्ति दुरुपयोगको दस्ताबेजीकरण गर्न अति कठिन एवं जोखिमपूर्ण भएको राष्ट्रसंघीय मिसनले बताएको छ।

 

ad
ad