मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण ७ शनिबार १८:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाका अधिकांश जनप्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च विवरण

Read Time : < 1 मिनेट
२०७९ श्रावण ७ शनिबार १८:२१:००

जुम्लाका निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखसहित अधिकांशले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। जिल्लाका ८६ जना उम्मेदवारले मात्रै अहिलेसम्म खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए।  

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनुपर्ने व्यवस्था छ। तर, निर्वाचित उम्मेदवारहरूले तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाएका छैनन्।
जुम्लामा ८ वटा स्थानीय तह र ६० वटा वडा छन्। जिल्लाको पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहाेरा, उपप्रमुख जनमाया रोकाया, तिला गाउँपालिकाका प्रमुख मोतीलाल रोकाया, उपप्रमुख गोरीकला बुढा, सिँजा गाउँपालिका उपप्रमुख सितली रोकाया, र गुठीचौर गाउँपालिका उपप्रमुख शान्त मल्ल भण्डारीले समेत निर्वाचन खर्च विवरण नबुझाएको कार्यालयको तथ्यांकमा उल्लेख छ। 

अहिलेसम्म हिमाका ३३, सिँजाका १, तातोपानीका १३, चन्दननाथ नगरपालिका २१, गुठिचौरका १ र कनकासुन्दरी गाउँपालिकाका १७ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेस गरेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमार्फत सबै उम्मेदवारहरूलाई तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाउन ध्यानाकर्षण गराए पनि अधिकांश निर्वाचित उम्मेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाइएको छ।