भारतमा शुक्रबार पनि कोभिड–१९ संक्रमितको संख्यामा वृद्धि भएको छ। पछिल्लो २४ घण्टामा देशभर २१ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएकाे अधिकारीहरूले बताएका छन्।
संघीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा विगत २४ घण्टामा २१ हजार ८८० थप व्यक्तिमा कोभिड–१९ संक्रमित भएका पुष्टि गरिएको छ। संक्रमितको संख्यामा भएको वृद्धिसँगै भारतमा पछिल्लो समय दैनिक संक्रमण दर ४.५१ प्रतिशत र साप्ताहिक संक्रमण दर ४.५१ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।