मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ श्रावण ६ शुक्रबार १८:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाली हाते कागज उद्योगलाई लेबरको खर्चै धान्न मुस्किल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार १८:२७:oo

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुमा सञ्चालित गोरुजुरे हाते कागज उद्योगले कोरोना महामारीअघि एक आर्थिक वर्षमा १५ सय कोरीसम्म नेपाली कागज बिक्री गर्थ्याे। उक्त हाते कागजको बजार काडमाडौंदेखि विदेशसम्म भएको सञ्चालक पहलमान चोङबाङले बताए। यस वर्ष ६ सय कोरी कागज मात्रै बिक्री भएको चोङबाङले बताए। 

विदेशी बजारमा माग कम भएकाले घरमै थन्क्याएर राख्नुपरेको चोङबाङको भनाइ छ। ‘हाम्रो प्रमुख बजार विदेश थियो। कोरोना संक्रमणको प्रभावपछि विदेशीहरू माल लिन आएका छैनन् । नेपाली बजारको माग सानो छ,’ चोङबाङले भने। 

उत्पादन गरिएका सबै सामग्री बिक्री नहुँदा कामदार र कच्चापदार्थ संकलकलाई ज्याला दिन समस्या भएको चोङबाङले बताए। ‘मेरो उद्योगमा ८ परिवारलाई रोजगारी दिएको छु। परिवारको दुईजनाले श्रम गर्दा पनि दैनिक १६ जनाले काम गर्छन् तर अहिले उत्पादित कागज बिक्री भएको छैन,’ चोङबाङले भने। 

स्थानीयस्तरमा पाइने लोक्ता र अर्गेलीबाट उत्पादन हुने नेपाली कागज छाम्दा खस्रो हुन्छ। तर, कागज बलियो, लामो समयसम्म राख्न मिल्ने र धुल्याहा किरोले नखाने भएकाले यसको प्रयोग बढी हुन थालेको उत्पादकको भनाइ छ। 

उत्पादकका अनुसार नेपाली कागज स्थानीय गाउँघरमा धूप बाट्नसमेत प्रयोग गरिन्छ। अर्गेली (लोक्ता) नेपाली कागज निर्माणको मुख्य कच्चा पदार्थ हो। अर्गेलीलाई बोक्रा तासेर केमिकल प्रयोग गरी कागज बनाइन्छ।  नेपाली कागज उत्पादनका लागि बाहिरबाट ल्याउने भनेको केमिकल–कास्टिक सोडा) मात्रै हो। त्यो पनि पूर्वी नेपालका मुख्य बजारमा पाइन्छ। केमिकलबाहेकको कच्चा पदार्थ स्थानीय तहमै पाइन्छ। यसअघिसम्म नेपाली कागज जापानी मुद्रा (ऐन) बनाउन विदेश निर्यात हुने गरेको थियो।