मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ६ शुक्रबार १४:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जाँदाजाँदै दशानायकेले भने– नेपाली क्रिकेटमा अनन्त सम्भावना छ

सन्दीप लामिछानेमा कुशल नेतृत्व क्षमता छ, टिमका सबै खेलाडीमा आकाशजत्तिकै अनन्त सम्भावना छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार १४:o१:oo

नेपाली क्रिकेटको प्रशिक्षकबाट हालै राजीनामा दिएका पुबुदु दशानायकेले नेपाली क्रिकेट टिमले अनन्त सम्भावना बोकेको बताएका छन् । दशानायकेले शुक्रबार सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटको भविष्यबारे टिप्पणी गरेका हुन् । 

उनले नेपाली टिमका कप्तान सन्दीप लामिछानेमा कुशल नेतृत्वक्षमता भएको भन्दै टिमका सबै सदस्यको खुलेर प्रशंसा गरेका छन् । ‘नेपाली क्रिकेट युवा कप्तान सन्दीप लामिछानेको कुशल नेतृत्वमा छ । सन्दीप र टिमका सदस्यहरू आकाशजत्तिकै अनन्त सम्भावना बोकेका खेलाडी हुन् । त्यसैले नेपाली टिमको भविष्य उज्ज्वल छ,’ उनले लेखेका छन् । 

हालै क्यानाडा क्रिकेट टिममा प्रशिक्षक नियुक्त भएका दशानायकेले आफू नेपाली क्रिकेटको हिस्सा हुन पाउँदा धन्य भएको उल्लेख गरेका छन् । उनले राम्रो र खराब दुवै समयमा साथ दिएका नेपाली शुभचिन्तकलाई पनि धन्यवाद दिएका छन् र भनेका छन्, ‘आलोचनाहरूले मलाई भोलिको दिनमा राम्रो गर्न प्रेरणा दिन्छ । त्यसैले राम्रो र खराब दुवै समयमा साथ दिने सबैलाई धन्यवाद ।’