१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ बैशाख २१ शुक्रबार १७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गाउँपालिका अध्यक्षकै सामुन्ने कुटिए प्राविधिक

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:४८:oo

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका एक प्राविधिक गाउँपालिका अध्यक्षकै अगाडि कुटिएका छन् । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दल बाँफिकोटका अध्यक्ष राजु शाहीले सब-इन्जिनियर दीपक शाहलाई कुटेका हुन् । कार्यालय समयमा, कार्यकक्षमै सब-इन्जिनियर शाहमाथि उनले कुटपिट गरेका हुन् ।

गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अगाडि शाहीले शाहमाथि कुटपिट गरेको गाउँपालिकाका कर्मचारीहरूले जनाएका छन् । मोरावाङ–दोमई सडकको आफूले भनेअनुसार मूल्यांकन नगरेको भन्दै शाहीले शाहमाथि कुटपिट गरेको बताइएको छ । 

ठेकेदार शाहीले ठेक्का लागेअनुसारको मूल्यांकन गर्न भनेको तर जति काम भएको हो त्यतिको मात्र मूल्यांकन गर्दा प्राविधिकमाथि कुटपिट भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले बताए । यो सडक निर्माणको काम शाहीले गरिरहेका छन् । प्राविधिकमाथि कुटपिट हुँदा पनि अध्यक्ष बाँठा मुखदर्शक बनेको भन्दै कर्मचारी आक्रोशित बनेका छन् ।

कर्मचारीमाथि कुटपिट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ । उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको बताइएको छ । पीडित शाहले पीडकको कारबाहीका लागि निवेदन दिएका छन् ।
 

ad
ad