मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ४ बुधबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ४ बुधबार o८:१५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

साढे १७ हजार प्रहरीलाई नयाँ पद, पुरानै तलब 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ४ बुधबार o८:१५:oo

तल्लो तहका प्रहरीको मनोबल उकास्न भन्दै सरकारले गत चैतमा तीनवटा नयाँ पद थपेर साढे १७ हजार प्रहरीको बढुवा गर्‍यो । तर, बढुवाको चार महिना हुन लाग्दा पनि उनीहरूको तलब भने बढेको छैन । 

प्रहरी नियमावली संशोधन गरी सरकारले वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप गरेको थियो । ती पदमा गत चैतमा साढे १७ हजार प्रहरीको बढुवा भएको थियो । उनीहरूको ग्रेडलाई आधारभूत तलब बनाउने गरी नयाँ पदमा बढुवा गरिएको थियो । तर, अहिलेसम्म नयाँ तलब पाउन सकेका छैनन् । अर्थ मन्त्रालयले प्रहरीको नयाँ तलबमान स्वीकृत नगर्दा बढुवाको तीन महिनाभन्दा लामो समय हुँदा पनि प्रहरीले पुरानै तलब पाएका हुन् ।

‘उधारो फुली लगाएको अवस्था छ,’ एक वरिष्ठ नायब निरीक्षकले भने, ‘तलबमा कुनै फरक नहुँदा बढुवा भएको अनुभव भएको छैन ।’ थपिएका नयाँ पदमा अघिल्लो पदमा भन्दा धेरै तलब रहेको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई बताउँछन् । नयाँ पदको तलबमान स्वीकृतिकै क्रममा रहेको उनी बताउँछन् ।