१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १९:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिभिल सहकारी ठगीमा संलग्न इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १९:५४:oo

सिभिल सहकारीका ठगी प्रकरणका मुख्य नाइके इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)बाट खटिएकाे प्रहरी टोलीले उनलाई मंगलबार रामशाहपथबाट पक्राउ गरेको हो।

उनी सहकारीको लेखा समिति सदस्य हुन् । उनका श्रीमान् इच्छराजसहित केशवलाल श्रेष्ठ पुर्पक्षका लागि हाल थुनामा छन्। उनीहरूविरुद्ध झन्डै आठ अर्ब रुपैयाँ ठगी गरेको आरोप छ। त्यसमध्ये एक हजार पाँच सय ३० पीडितले उनीहरूविरुद्ध प्रहरीमा पाँच अर्ब ८४ करोड ४० लाख २१ हजार सात सय १३ रुपैयाँ ठगी गरेका उजुरी नै दिएका छन्।

ad
ad