Skip This
गुल्मीमा कुकुर आतंक : एकै वर्षमा ७१० जना घाइते 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Sunday, 07 July, 2024
२o७९ श्रावण ३ मंगलबार १७:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीमा कुकुर आतंक : एकै वर्षमा ७१० जना घाइते 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार १७:२७:oo

गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकैदिन कुकुरले टोकेर चारजना घाइते भएका छन्। चारजनामध्ये दुईजनालाई सामान्य उपचारपश्चात घर पठाइएको र दुईजनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

कुकुरको आक्रमणबाट चन्द्रकोट गाउँपालिका- ३ हर्राचौर बस्ने १२ वर्षीय अरुण खड्का घाइते भएका छन्। उनको बायाँ हातमा टोकेको छ। त्यस्तै, बाग्लुङ बरेङ गाउँपालिका- ७ साब्दी घर भई चन्द्रकोट गाउँपालिका- ३ भुल्के मामा घर बस्ने चार वर्षीया रिमा श्रीस पनि घाइते छन्। उनको पनि दायाँ हातमा टोकेको छ।

खड्का र श्रीसको गुल्मी अस्पताल तम्घासमा उपचार गरिएको छ। त्यस्तै, सोही स्थानकै वर्ष २५ की मनिता थापालाई दायाँ खुट्टामा टोकेको र चन्द्रकोट ७ रुपाकोट बस्ने वर्ष २८ को शिवहरि न्यौपानेलाई दायाँ खुट्टामा टोकेकोले उपचार गरेर घर पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख माधव खरेलले जानकारी दिए। उनले जिल्लाका विभिन्न स्थानमा कुकुरको आतंक रहेकाले सचेत रहन सबैलाई आग्रह गरे। 

कुकुरको संख्या बढेर आक्रमण गर्न थाले पनि सर्वसाधारणदेखि स्थानीय सरकारसमेत हैरान परेका छन्। जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा कुकुरले मान्छेसहित गोठका बाख्राका पाठापाठीहरू आक्रमण गर्न थालेपछि बच्चा कसरी जोगाउने भन्ने चिन्ता परेको रुरु ४ का देवीराम ज्ञवालीले गुनासो गरे। उनले आफूहरूले बच्चाहरूलाई एक्लै विद्यालय पठाउन र घरमा छोड्न गाह्रो भएको बताए। 

रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले एउटा स्थानीय तहको प्रयत्नले मात्रै कुकुर र जंगली वन्यजन्तुको नियन्त्रण नहुने भएकाले जिल्लास्तरीय निर्णय गरेर अन्तरपालिका समन्वय आवश्यक रहेको बताए। कुकुरको संख्या बढेर आक्रमण गर्न थाले पनि सर्वसाधारणदेखि स्थानीय सरकारसमेत हैरान परेका छन्। कानुन अनुसार मार्न नहुने भएकाले नियन्त्रणको बैकल्पिक उपाय खोज्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। 

एकै वर्षमा ७१० जनालाई टोके

जिल्लामा गत आर्थिक वर्षमा कुकुरको आक्रमणबाट सात सय १० जना घाइते भएका छन्। गुल्मी अस्पताल तम्घासको तथ्यांकअनुसार गत वर्ष चार सय २४ पुरुष र दुई सय ८६ महिलालाई कुकुरले टोकेर उपचार गराएका छन्। कुकुरले टोकेपछि रेबिजविरुद्धका खोप अनिवार्य लगाउनुपर्छ। खोप गुल्मी अस्पतालमा बाहेक अरू स्वास्थ्य संस्थामा पाइँदैन। साउनमा ४६, भदौमा ४५, असोजमा ३२, कार्तिकमा ४१, मंसिरमा ५१, पुसमा ६२, माघमा ५५, फागुनमा ६१, चैतमा ९८, वैशाखमा ७५, जेठमा ६१ र असारमा ८२ जनालाई कुकुरले आक्रमण गरेको गुल्मी अस्पतालका इमर्जेन्सी इन्चार्ज रमेश पन्थीले जानकारी दिए। 

कुकुरले टोकेपछि ६ डोज रेविजविरुद्धको खोप लगाउनुपर्छ। खोप नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको छ। कुकुरले टोकेको पहिलो दिन दुई डोज, तेस्रो दिन दुई र सातौँ दिन दुई डोज खोप लगाउनुपर्ने गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए। रगत नै आउने गरेर टोकेको हकमा रेबिज इम्युनोग्लोबिन खोप लगाउनुपर्ने पच्याले बताए।

ad
ad
ad
ad