१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

लन्डनमा धावनमार्ग पग्लियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:३७:oo

जलवायु परिवर्तनको असरका कारण युरोपका थुप्रै देश भयावह स्थितिको सामना गरिरहेका छन् । बेलायतमा मंगलबार सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ । मंगलबार ३८.७ डिग्री सेल्सियस तापमान रेकर्ड भएको हो ।

अत्यधिक तातोले लन्डनमा धावनमार्ग नै पग्लिएको छ । धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका न्युज एजेन्सीहरूले जनाएका छन् । 
रोएटर्सका अनुसार धावनमार्ग पग्लिएपछि अस्कफोर्डसायरनजिकैको बिज नोर्टन बेसभित्र र बाहिरका उडान स्थगित भएका छन् । सोमबार लन्डनको लुटन विमानस्थलको धावनमार्ग पनि पग्लिएको थियो । त्यहाँ पनि सबै उडान प्रभावित भएका थिए । 

यो हालसम्मको सबैभन्दा गर्मी दिन हो । मौसमविद्हरूले तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ । अत्यधिक गर्मीका कारण विद्यालयहरू बन्द हुन थालेका छन् । 

बेलायतजस्तै अवस्था नेदरल्यान्डकाे पनि छ । नेदरल्यान्डमा तापक्रम ३५ डिग्री सेल्सियस पुगेको छ । बेल्जियमको तापक्रम ४० डिग्री सेल्सियसको नजिक पुगेको छ । आइरल्यान्डको डब्लिन सहरमा ३३ डिग्री सेल्सियस तापक्रम पुगेको छ । 
फ्रान्सका विभिन्न सहरमा पनि अहिलेसम्मकै उच्च तापक्रम मापन भएका छन् । ब्रिटेनको तापक्रम ३९.३ र सेन्ट ब्रियुकमा ३९.५ डिग्री सेल्सियस पुगेको छ । फ्रान्सको पश्चिमी सहर नेन्ट्समा ४२ डिग्री सेल्सियस तापक्रम छ । 
उच्च तापक्रमका कारण युरोपका देशहरूले डढेलोको समस्या पनि खेपिरहेका छन् ।
 

ad
ad