१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २ सोमबार
  • Wednesday, 03 July, 2024
२o७९ श्रावण २ सोमबार १८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मिर्चैयामा बेवारिसे पुरुषको शव भेटियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २ सोमबार १८:१o:oo

सिराहाको मिर्चैया नगरपालिका- ७ स्थित जंगलमा करिब ४० वर्षीय पुरुषको बेवारिसे शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मिर्चैया- ७ स्थित जंगलको फगोलेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको शव घटनास्थल लास जाँच प्रकृति मुचुल्कासहित आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टम तथा आफन्तको खोजतलास र सनाखतका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। 

पछिल्लो पाँच दिनदेखि अस्पतालमा राखिएको शव पहिचान तथा सनाखतका लागि कसैको आफन्त तथा नातेदार हराएको भए अस्पताल र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। कालो रंगको हाफ पाइन्ट लगाएको, करिब पाँच फिट चार इञ्च उचाइ भएको शव सड्न लागेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

शव पहिचान तथा सनाखतका लागि प्रयास गरिरहेको जानकारी दिँदै सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले आवश्यक अनुसन्धान भइरहेको बताए। 
    
  
 

ad
ad
ad
ad