Skip This
ad
दुई वर्षभित्र भूमिसम्बन्धी सबै समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार १५:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दुई वर्षभित्र भूमिसम्बन्धी सबै समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:१७:oo

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान हुने बताएकी छिन् । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै उनले यस्तो बताएकी हुन् । 

‘मुक्त कमैया, हरुवा–चरुवालगायत जग्गाहीनलाई जमिनको मालिक बनाउने कार्यमा हामी दत्तचित्त भएर लागेका छौँ । यसलाई उच्च प्राथमिकताका साथ अभियानको रूपमा कार्यक्रम सञ्चालन गरी आठ महिनाको समयावधिमा करिब ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेका छौँ,’ उनले भनिन्, ‘आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गर्ने लक्ष्य सरकारको छ ।’
 
मन्त्री श्रेष्ठले भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानको रूपमा कार्यक्रम सञ्चालन गरी आठ महिनाको समयावधिमा करिब ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको बताइन् ।

ad
ad