१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १ आइतबार
  • Saturday, 28 September, 2024
२o७९ श्रावण १ आइतबार १९:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीका २ अस्पतालमा निःशुल्क सेवा

ओपिडि, इमर्जेन्सी टिकट र जनरल वेड निःशुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १ आइतबार १९:१४:oo

लुम्बिनी प्रदेशका २ वटा अस्पतालमा आइतबारदेखि ओपिडी टिकट, इमर्जेन्सी टिकट र जनरल बेड निःशुल्क गरिएको छ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरबाट  साउन १ गतेदेखि ती सेवा निःशुल्क गरिएको हो। 

ओपिडी र बेड निःशुल्क गर्न प्रदेश सरकारले यस आर्थिक वर्षको बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै, साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरूका लागि रगत पनि निःशुल्क गरिएको छ। 

रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता-पत्रमा हस्ताक्षर भएको छ। सरकारले बजेटमा नि:शुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ।