मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १ आइतबार
  • Monday, 16 December, 2024
आगलागी भएको क्षेत्रको अवलोकन गर्दै गृहमन्त्री । तस्बिर : ज्ञानेन्द्र कार्की
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण १ आइतबार १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

'भृकुटीमण्डपमा भएको आगलागीको छानबिन हुन्छ'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण १ आइतबार १८:१७:oo

गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताएका छन्। गृहमन्त्री खाणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने बताएका हुन्। 

आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपांग कोषले अपांगका लागि राखेका सहायक सामग्री पनि जलेका थिए। अपांगहरूका सहायक समग्री गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उपलब्ध गराइने पनि अवलोकनका क्रममा गृहमन्त्री खाणले बताए।

‘राष्ट्रिय अपांग कोषलाई अपांगहरूलाई वितरण गर्न लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सहायक सामग्री उपलब्ध गराउँछौँ,’ गृहमन्त्री खाणले भने।