जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई मनोनीत

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्‌ अध्यक्षमा उपेन्द्र यादव पक्षले बाबुराम भट्टराईलाई पदमुक्त गरी सो पदमाअशोक राईलाई मनोनीत गरेको छ ।

वीरगन्जमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराईलाई पदमुक्त गर्दै वरिष्ठ नेता राईलाई संघीय परिषद् अध्यक्ष मनोनीत गर्ने निर्णय गरेको हो।

यसअघि अध्यक्ष यादव पक्षको बैठकले भट्टराईसहित ९ जना नेतालाई कारबाही गरि पदमुक्त गर्ने निर्णय गरेको थियो ।
कारबाहीमा पर्नेमा भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् । 

सुझावित समाचार