१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३० बिहीबार १२:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेरुजु बढेकोमा बेदुरामको चिन्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३० बिहीबार १२:३१:००

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव एवं राष्ट्रिय सभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । बिहीबार राष्ट्रिसभा बैठकमा बोल्दै महासचिव भुसालले चालू आर्थिक वर्षमा मात्रै बेरुजु १५.४६ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको आर्थिक परिसूचकप्रति चिन्ता व्यक्त गरेका छन् ।

हिजो (बुधबार) महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको थियो । सो वार्षिक प्रतिवेदनमा उल्लेखित आर्थिक परिसूचकलाई हेर्दा मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेको देखिएको महासचिव भुसालको निष्कर्ष छ । उनले  महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले मुलुकलाई सुशासनतर्फ जान नदिएको भन्दै आपत्ति समेत जनाए ।

महासचिव भुसालले किसानले अझै मल पाउन नसकेको, मूल्यवृद्धि आकाशिँदा पनि सरकारले त्यसको आवश्यक व्यवस्था गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘महँगीले आकाश छुँदै छ । अहिलेसम्म पनि किसानहरूले पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् । अहिले आएर बाढीपहिरोको समस्या बढदै गइरहेको छ । यी यावत् विषयमा हामीले छलफल गर्नुपर्ने हो, बोल्नुपर्ने हो । हिजो मात्रै महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपति महाेदयसमक्ष बुझाइयो । त्यसले इंगित गरेको आर्थिक परिसूचक हेर्दाखेरी अर्को चिन्ता लाग्दो अवस्था छ । यो वर्ष मात्रै १५.४६ प्रतिशत बेरुजु बढेको छ । यसले हाम्रो मुलुकको सुशासन कता जाँदै छ भन्ने कुरा संकेत गर्छ भन्ने मलाई लाग्दछ । हामीले सुशासनको कुरा गरिराखेका छौँ । तर, बेरुजु बढदै गइरहेको छ । यसले सुशासन होइन, आर्थिक अराजकतातर्फ मुलुक गइरहेको छ भन्ने संकेत गर्छ भन्ने मलाई लाग्छ । यो विषयमा पनि छलफल गर्नुपर्ने हो ।’

महासचिव भुसालले सरकारी सञ्चारमाध्यामले समेत राष्ट्रिय सभाको समाचारलाई महत्व नदिएको गुनासोसमेत गरे ।