
नेपाल पत्रकार महासंघ र प्रेस युनियनकी पूर्वउपाध्यक्ष अनिता बिन्दुले प्रेस युनियनको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छिन्। उनले फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेकी हुन्। उनी कांग्रेस संस्थापक समूहनिकट मानिन्छन् ।
‘विगत २५ वर्षदेखि पत्रकारितामा रहेर काम गर्दै जादा सञ्चार क्षेत्रका विविध पक्षलाई नजिकबाट बुझ्ने अवसर पाएँ र नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघको उपाध्यक्ष पदमा रहेर संगठनको पनि अनुभव गरेँ । अब यो अनुभवलाई संगठनको प्रमुख नेतृत्वमा परिणत गरी पत्रकारको पेसागत हकहित र पत्रकारिता क्षेत्रलाई व्यावसायिक र विश्वसनीय बनाउँदै व्यावसायिक पत्रकारहरूको आत्मसम्मान उच्च बनाउने सोच छ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘यो सोचलाई दृढ संकल्पका साथ अघि बढाउन मैले नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु । यहाँहरूको पूर्ण साथ र सहयोग रहने विश्वास लिएकी छु ।’