१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार

विशालबजारबाट ४२ लाखसहित हुन्डी कारोबारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १८:१९:oo

न्युरोडको विशालबजारबाट दुई हुन्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोटाङ बराहपोखरी–२ घर भएका विजयकुमार राई र रामेछाप मन्थली घर भएका २८ वर्षीय खेटराज श्रेष्ठलाई पक्राउ गरेको हो। 

विजयको साथबाट २५ लाख तथा खेटराजको साथबाट १७ लाख १० हजार बरामद भएको एसपी काजी कुमार आचार्यले बताए। 

चार दिनअघि मात्र काठमाडौं परिसरले विशालबजारबाट हुन्डी कारोबारको ४० लाखसहित दुईजनालाई पक्राउ गरेको थियो।